Logo

राजनीति

काभ्रेमा स्ववियु निर्वाचन: अनेरास्ववियूको जीत



काभ्रे । मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियू काभ्रेले विभिन्न पदमा जीत हासिल गरेको छ । काभ्रे जिल्लाको प्रमुख शैक्षिक संस्था काभ्रे बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका दुई सदस्य निर्वाचित भएका छन् ।

काभ्रे बहुमुखी क्याम्पसमा प्यानल सहित मित्रवत प्रतिस्पर्धा भएको थियो। काभ्रे जिल्लाका अन्य क्याम्पसहरूमा भने अनेरास्ववियू (समाजवादी), नेविसंघ (नेपाली कांग्रेस), अखिल क्रान्तिकारी (माओवादी), अनेरास्ववियू (एमाले) र विप्लवको विद्यार्थी संगठन बीच साझा सहमति भएको थियो ।

जिल्लाका १४ क्याम्पस मध्य काभ्रे बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन भएको थियो । अन्य क्याम्पसमा सर्वसहमत गरिएकाे थियो । काभ्रे बहुमुखी क्याम्पसमा (समाजवादी ) अनेरास्ववियूकाे तर्फबाट सन्ध्या गिरि र सुनिता गाेइत निर्वाचित भएका छन भने सर्वमङ्गला बहुमुखी क्याम्पस पाँचखालमा कोषाध्यक्ष समिता श्रेष्ठ सर्वसहमत निर्वाचित गराइएकाे थियो ।

त्यसैगरी, अन्य क्याम्पसहरूमा पनि विभिन्न पदमा अनेरास्ववियूका उम्मेदवारहरूको विजय भएको छ । सर्वमङ्गला बहुमुखी क्याम्पस, पाँचखालमा कोषाध्यक्ष समिता श्रेष्ठ सर्वसहमत निर्वाचित भएकी छन् । त्यसैगरी, तेजगंगा क्याम्पस पनौतीमा कोषाध्यक्ष पुजा बजगाई र सदस्य सविता खत्री, इन्द्रेश्वर क्याम्पस पनौतीमा सदस्य बिवश श्रेष्ठ, प्रभा क्याम्पस चौरीदेउरालीमा सहसचिव बिरेन्द्र दुलाल र सदस्य दिपा चौलागाईं सर्वसहमत निर्वाचित भएका छन् ।

जिल्लाका १३ क्याम्पसहरुमा अनेरास्ववियूकाे संगठन दर्ता भएको थियो, ती क्याम्पसहरुबाट उचित र सन्तोषजनक परिणाम आएको काभ्रे जिल्ला माेर्चा संगठन प्रमुख भेषराज शाहले बताए ।

 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १५:३६   :  बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।