काठमाडाैं । नेपाल तरुण दल धादिङ जिल्ला कार्यसमितिले आफ्नो पुर्णकालिन फाराम केन्द्रीय कार्यालयमा बुझाएको छ । केन्द्रीय कार्यालयको रवि भवनमा दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई धादिङ जिल्लाका अधिवेशन संयोजक तथा तरुण दल केन्द्रीय सदस्य गोपाल विश्वकर्माले उक्त फाराम बुझाएका हुन् ।
नेपाल तरुण दलको महाधिवेशन निर्देशन समितिको बैठकले अध्यक्ष गुरुङको निर्णयअनुसार २०८१/०९/१२ गते तत्कालिन जिल्ला अध्यक्षलाई जिल्ला अधिवेशन संयोजकको जिम्मेवारी दिएको थियो। त्यस्तै, २०८१/१०/३० को केन्द्रीय समितिको बैठकमा दलको पाँचौं महाधिवेशन सम्पन्न गर्नका लागि २०८१/११/०२ गते सम्पूर्ण जिल्लालाई पुर्णकालिन फाराम भरी केन्द्रमा पठाउन निर्देशन दिइएको थियो।
तरुण दलको संशोधित विधानअनुसार कुनै सदस्यको उमेर हद पैंतालीस (४५) वर्ष भन्दामाथि भएका कारण फाराम केन्द्रले पुनः जिल्लामा पठाउनेछ । त्यसपछि सो जिल्लाको अधिवेशन प्रक्रिया सुचारु हुनेछ ।
मुख्यसचिव पोखरेलका अनुसार सबै जिल्लाबाट पुर्णकालिन फाराम केन्द्रीय कार्यालयमा आइपुग्ने अन्तिम तयारीमा रहेकाे जानकारी दिए । फाराम सबै जिल्लाबाट प्राप्त भएपछि दलको केन्द्रीय समितिको बैठक छिट्टै बस्ने र महाधिवेशनको तालिका सार्वजनिक हुने बताइएको छ ।




















प्रतिक्रिया