Logo

राजनीति

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।

मनोनीत भएका सदस्यहरूमा ई. उज्ज्वल कोइराला, ई. प्रेमचन्द्र राय, विजया श्रेष्ठ के.सी., प्रा. मोहनजंग शाह, डा. निरञ्जन कोइराला कुमार लामिछाने रमा के.सी. प्रेमलाल चौधरी, शेरबहादुर सार्की र दिलिप कार्की हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १५:४७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।