Logo

प्रमुख समाचार

बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी, बैठकमा उपेन्द्र यादव पनि सहभागी



काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भइरहेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार समसामयिक राजनीतिको विषयमा छलफल गर्न लागिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि बैठक उपस्थित भएका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू पनि उपस्थित रहेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १२:३५   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।