Logo

राजनीति

विपक्षी दलले आज पनि संसद अवरोध गर्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसदमा अवरोध कायमै रहने विपक्षी दलका नेताहरुले बताएका छन् ।

विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी सहितका दलहरूले बुधबार पनि संसदमा अवरोध गरेका थिए । उनीहरूले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग राख्दै आएका छन् ।

सभामुख देवराज घिमिरे भने सहजरुपमा संसद सन्चालनको प्रयासमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफलमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने संसदमा जवाफ दिन्न भनेर सार्वजनिक अभिव्यक्ति दिएकाले संसदको अवरोध तत्काल नखुल्ने देखिएको छ । ‘प्रधानमन्त्रीले सार्वजनिक रुपमा बाटोमा जवाफ दिँदै हिड्नु भएको छ । त्यही कुरा सदनमा गरे भइहाल्यो । जवाफ दिनुपर्ने ठाउँ सदन हो सार्वजनिक बाटो होइन । यो बोध प्रधानमन्त्रीलाई हुनुपर्छ’, माओवादी सचेतक चौधरी भन्छिन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १०:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।