काठमाडौं । राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।
शुक्रबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।
त्यसपछि सभाध्यक्ष नारायाण दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए । सांसद विश्वकर्माले विपक्षीको प्रदर्शनको दिन संसद बैठक राखेकोमा आपत्ति जनाए ।
कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरे । यही माग राखेर केही दिनदेखि विपक्षी दलहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
शुक्रबार पनि सभा अगाडि जान नसकेपछि सभाध्यक्ष नारायण दाहालले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।




















प्रतिक्रिया