काठमाडौं । सर्वोच्च अदालतले समेत व्यापारी चन्द्र ढकालको छलछाम पत्ता लगाएको छ । चन्द्र ढकालको नाफामुखी कार्य ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणलाई तत्कालका लागि यथास्थितिमा रोक्न सर्बोचले आदेश दिएको हो ।
सर्बोच्चले सरकारलाई अन्तरिम आदेश जारी गर्दै सो को निर्माण कार्य रोक्न निर्देशन दिएको हो। याम बहादुर लिम्बु र अन्यको दायर गरिएको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले यो आदेश दिएको हो ।
आदेशको पालनासम्म निर्माण कार्यको स्थिति परिवर्तन नगर्न भनिएको छ। याम बहादुर लिम्बु र अन्यले पाथीभरामा केबलकार निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै कार्यहरूलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
स्थानीयले चर्को विरोध गर्दा समेत चन्द्र ढकालले सरकारका केही अधिकारीको आडमा प्रहरी परिचालन गरेर पाथीभरा केवलकार निर्माण गरिरहेका थिए । उनको हर्कत विरुद्ध स्थानीय दर्जनौं संघसंस्था र स्थानीय नागरिकहरु एकबद्ध छन् ।
स्थानीयले पटक पटक सो केवलकार रोक्न खोज्दा दोहोरो झडप समेत भएका थिए । सोही अबस्थालाई ध्यानमा राख्दै सर्बोच्चले केवलकार निर्माणका सबै काम रोक्न अन्तरिम आदेश दिएको हो । सबोचचको यो आदेशसँगै व्यपारी घराना चन्द्र ढकाल छटपटीमा परेका छन् ।
सो कार्यमा केही साँसद र नेता समेत व्यबसायमा केही प्रतिशत शेयर पाउने प्रलोभनमा परेर केवलकार निर्माणको पक्षमा उभिएका थिए । स्थानीयहरु दिर्घकालीन रुपमै सर्बोच्चले सो कार्य रोक्नेमा आशाबादी देखिएका छन् ।





















प्रतिक्रिया