Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली भोलि थाइल्याण्ड भ्रमणमा जाने, संसदलाई दिए जानकारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू भोलि मंगलबार थाइल्याण्डको बैंकक जान लागेको जानकारी गराएका हुन् ।

नेपालको कार्यकारी प्रमुखले औपचारिक रुपमा ६५ वर्ष पछि थाइल्याण्डको भ्रमण गर्न लागेको उनले बताए । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् ।

बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १२:०२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।