काठमाडाैं । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनका लागि पार्टीको महामन्त्री पदमा नैनसिंह महरले उम्मेदवारी घोषणा गरेका छन् । महर नेपाली कांग्रेसका सबै निर्वाचनमा भारी मतले जित्दै आएका छन् । पार्टीको महामन्त्री पदको चुनावमा पनि सबैभन्दा अब्बल उम्मेदवारको रूपमा चिनिएका छन् ।
महर कांग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत हुन् । नेविसंघका ३० वर्षको लामो राजनीतिक यात्रा र २०७८ सालमा कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरेको महर १४ एजेण्डा लिएर पार्टीको नेतृत्वमा अगाडि बढ्नका लागि तयार देखिएका छन् । महरको कार्यशैली र समर्पणले उनलाई पार्टी भित्र एक पृथक र प्रभावशाली नेतृत्वको रूपमा स्थापित गरेको छ ।
महामन्त्रीको तयारीमा रहेका महरले ७४ जिल्लामा भ्रमण गर्दै बाँकी जिल्लामा समेत पुग्न तयारी गरेका छन् । महर १६५ निर्वाचन क्षेत्र र ६७४३ वडामा करिब १० लाख नागरिकसँग नीति संवाद गर्दै शिक्षा नीति निर्माणमा कार्यरत छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका महर १६ वर्षको उमेरमा नेविसंघका अध्यक्ष भएका थिए । २१ वर्षको उमेरमा नेविसंघ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्ष बनेका थिए । २०५६ सालमा जिल्ला अध्यक्षको पद सम्हाल्दा उनी पार्टीको प्रभावशाली नेता बनिसकेका थिए ।
नैनसिंह महरले पार्टीमा ल्याएका एजेण्डा पार्टीको भविष्यका लागि महत्त्वपूर्ण रहेका छन् ।
यी हुन् एजेण्डाहरू :
१) एक व्यक्ति एक पद दुई पटक मात्र
२) प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशीलता
३) सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्कको स्थापना
४) बिपी विचारको समय सापेक्ष कार्यान्वयन
५) व्यवहार, आचरणमा शुद्धता र आर्थिक पारदर्शिता
६) रूपान्तरणका लागि युवा काँग्रेसको स्थापना
७) नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै
८) लोकतन्त्रको संस्थागत विकास, असल नेतृत्व र कुशल व्यवस्थापन
९) योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनमा आधारित सम्मान
१०) निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार
११) लगानी मैत्री वातावरण, उद्यमशीलता र स्वरोजगार, अर्थतन्त्रमा सुधार
१२) विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान
१३) कानुनी राज्य मानव अपधकार, सुशासन र सहभागिता
१४) राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति ।




















प्रतिक्रिया