Logo

अर्थ

लगातार चार दिनको रेकर्डपछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो ।

आज सुनकाे मूल्य प्रतितोला ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । त्याे हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला २ हजार २० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार ११:४०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।