काठमाडौं । अघिल्लो दिन सामान्य मूल्य घटेको सुन फेरि नयाँ उचाइमा पुगेको छ । आज सुनकाे मूल्य १२ सय रुपैयाँले सुन बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया