काठमाडौं । महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्ष प्रवेशमा रोक लगाइएपछि उकाठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बैठक सुरू गरेकी छन् । महानगर प्रमुख बालेन शाह उपस्थित नभएपछि उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई राखेर बैठक सुरू गरेकी हुन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए ।
काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी दिएकी छिन् ।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन ।’
‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’




















प्रतिक्रिया