काठमाडौं । नेपालको कृषि बजारमा भारतीय मलको बढोत्तरी छ । किसानको तरकारी बारीमा कुहिने कतै उचित भाउ नपाएर बारीमा जोत्नु पर्ने बाध्यता छ ।
स्थानीय सरकार र प्रदेश सरकारलाई किसानको समस्यामा चासो छैन । भारतीय विशाक्त तरकारी बजारमा छ । सरकारले सीमा क्षेत्रमा परीक्षण गर्दैन । नेपालकै व्यवसायी कृषकले तरकारीमा विष प्रयोग गर्छन् । तिनले बजारमा पठाउने तरकारीको पात समेत पशुलाई खुवाउँदैन । त्यो हेर्ने काभ्रे जिल्लामा परीक्षण गरे पुग्छ ।
शिक्षा स्वास्थ्य कृषि जस्ता विषयमा सरकार बेखबर छ । सरकारको लापरवाहीले खासामा १३ सय मेट्रिक टन मल सडेको छ । भन्सार पनि यहाँ जिम्मेवार छ । कृषि सामाग्री कम्पनी न त झन दण्डनीय छ १३ सय मेट्रिक टन मल खासा भन्सारको टहरोमा मल थन्कियो । सरकार पत्तो पाउँदैन ।
कृषि सामाग्री कम्पनी र कृषि मन्त्रालयले सोधी खोजी गर्ने कि भन्सारका कर्मचारीहरुले अर्थ मन्त्रालयमा जानकारी किन गराएनन् ? देशमा ५० हजार मेट्रिक टन मल जरुरी पर्छ । राजनीतिक दल जति गैर जिम्मेवार छन् त्यो रुपमा कर्मचारी तन्त्र पनि छ ।
सरकार कृषि व्यवसायमा देखिएको विचौलिया तन्त्र माथि मजाक गर्दैछ । उखु किसानको पीडा नसुन्ने सरकारले धान खेतीका लागि आवश्यक मलको हालत के छ ? गहुँ तथा तरकारी खेतीको लागि रासायनिक मल कति चाहिन्छ भन्ने कुरामै राज्य बेखवर हुनु भनेको गैर जिम्मेवारपन हो ।
सरकारका लागि कुन क्षेत्रको आवश्यकता के हो पत्तो हुँदैन । राज्यको अर्वौ खर्च गर्न चसो दिने आफूले पाउने कमिशन लिने त्यसपछि चासो नदिने संस्कार अहिले चरम रहेको चर्चामा खबर छ ।
सरकार चलाएको पार्टीको गैर जिम्मेवारी यस पटक झन भद्रगोल देखियो । प्रधानमन्त्री आफ्ना र आफ्ना दलालहरुको बाहेक अरुको कुरा सुन्दैनन् । एमालेलाई मत दिएका पार्टीका संगठित सदस्यसम्मले पनि चासो दिएको भए खासा भन्सारमा थुप्रिएको मल समयमा ठाउँमा पुग्थ्यो ।
सिमा क्षेत्रका किसानले नेपालको बजार भन्दा छिमेकी भारतको बजारबाट मोल ल्याएर समस्या टार्छन् ।




















प्रतिक्रिया