Logo

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कित्ता संस्थापक सेयर बिक्री गर्ने



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर वैशाख २ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले नक्सालमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि वैशाख ९ गतेसम्म आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । सेयर खरिदका लागि आवेदन पेश गर्दा न्यूनतम १ लाख २५ हजार कित्ताका लागि दिनु पर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार ११:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।