Logo

अर्थ

एक वर्षमा सुन तोलामै ५० हजारले महँगियो, ऐतिहासिक मूल्यवृद्धि



काठमाडौं । गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भएकाे छ । २०८१ वैशाख २ गते सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको अन्त्यमा सुनकाे मूल्य करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज नयाँ वर्षको सार्वजनिक विदा परेकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य तय गरेको छैन ।

२०८१ मा नेपाली बजारमा सुनको मूल्य ३५.९ प्रतिशतले वृद्धि भएको हो, जुन लगभग अन्तर्राष्ट्रिय बजारमा भएको ३५.७ प्रतिशत बढेकाे हाे । अमेरिकन डलरको भाउ बढेपछि त्यसको असर नेपाली सुन बजारमा पनि परेको बताइएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । गत वर्ष वैशाख २ गते १७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी वर्षको अन्त्यमा १९६० रुपैयाँ पुगेको छ। यो १५.२ प्रतिशतको वृद्धि हो ।

भौतिक रुपमा काँचो सुन खरिद गर्न पाइँदैन, गरगहना मात्रै बनाउन पाइन्छ । गरगहना बनाउँदा सुनको मूल्यमा ज्याला तथा जर्तीका रुपमा करिब १० प्रतिशत अतिरिक्त खर्च लाग्ने गर्छ ।

२०८१ साल सुनचाँदीको बजारका लागि कीर्तिमानी वर्ष बन्यो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र डलरको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार उकालो लागेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार १२:२७   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।