Logo

राजनीति

एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट योद्धालाई सम्मान गर्ने



काठमाडौं । नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसका अवसरमा लालबहादुर विश्वकर्मासहित ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) छन् ।

एमालेले ११ वैशाखलाई गणतन्त्रको उत्सवको रूपमा मनाउने निर्णय पनि गरेको छ । निरंकुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले ११ वैशाखलाई उत्सवका रूपमा भव्य कार्यक्रम आयोजना गरेर मनाइने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार १६:२३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।