Logo

अर्थ

पियोर इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन, १६ गुणा बढी आवेदन



काठमाडौं । पियोर इनर्जीको आईपीओ भर्ने अन्तिम दिन बाँकी रहँदा १६ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा कुल १ करोड ९२ लाख ९४ हजार ७६० कित्ता आवेदन माग भएको छ । कम्पनीले ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन माग गरेको थियो ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आजसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

पियोर इनर्जी कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारण समूहको निष्कासन हुन लागेको हो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १०:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।