Logo

अर्थ

उच्च मुल्यबाट घट्याे सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । नयाँ वर्षपछि आज पहिलो कारोबारमा सुनकाे मूल्य ताेलामा १७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

चैत २१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।

 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार ११:१५   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।