Logo

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे साढे ८ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे ८ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो ।

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा वैशाख ९ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार ११:३४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।