Logo

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिकाे बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी १७ वैशाखमा दिनको १ बजेका लागि नेपाली कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो ।

पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १६:३०   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।