काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बीचमा भेटवार्ता भएको हो ।
सो भेटवार्ता मंगलबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ ।
त्यस्तै प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




















प्रतिक्रिया