Logo

अर्थ

रिलायबल समृद्धि योजनामा आजदेखि आवेदन खुल्यो



काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बन्दमुखी म्युचुअल फन्ड रिलायबल समृद्धि योजनामा आज बुधबारदेखि आवेदन खुलेको छ ।

अंकित मूल्य १० का दरले कुल १० करोड इकाइ जारी हुन लागेको हो । यसमध्ये १४ प्रतिशत योजना व्यवस्थापक रिलायबल क्यापिटल र १५ प्रतिशत कोष प्रवद्र्धकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीको लागि खुला गरिएको छ ।

यस म्युचुअल फन्डमा लगानी गर्न चाहनेले छिटोमा वैशाख ७ गतेसम्म र सो अवधिमा सम्पूर्ण मात्रामा बिक्री नभएमा ढिलोमा १७ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १ सय कित्ता तथा अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

यो योजना १० वर्षे अवधिको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १०:२५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।