Logo

अर्थ

एनसीएचएल र मास्टरकार्डबीच रणनीतिक सहकार्य



काठमाडौं । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई क्यूआर भुक्तानी सहज गराउन नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबीच सहकार्य गरेका छन्।

समझदारी अनुसार दुवै संस्थाले अन्तर्राष्ट्रिय मास्टरकार्ड वाहक विदेशी पर्यटकलाई सहज भुक्तानीको व्यवस्था गराउन एनसीएचएलको ‘नेपाल पे क्यूआर’ र ‘इन्टेरोपेरेबल क्यूआर’ प्रयोग गर्न सक्नेछन् ।

यो समझदारीपछि मास्टरकार्ड वाहक विदशी पर्यटकले स्थानीय क्यूआरमार्फत कारोबार गर्न सक्ने भएकाले छुट्टै डिजिटल पेमेन्ट प्लेटफर्म सुरु भएको एनसीएचएलले जनाएको छ ।

नेपाल पे क्यूआर र इन्टेरोपेरेबल क्यूआरसँग करिब १० लाख क्यूआर मर्चेन्ट आबद्ध रहेको एनसीएचएलले जनाएको छ ।

त्यस्तै मास्टरकार्डले हालसम्म ३ अर्ब १० करोड कार्ड जारी गरिसकेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १०:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।