Logo

अर्थ

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) तान्ने भएको हो ।

आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने जनाएको छ ।

राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप तान्नेछ । बैङ्कहरूले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् ।

बोलकबोलमा बैङ्कहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैङ्कहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।

२१ दिन अर्थात् आगामी वैशाख २४ गते बैङ्कहरूलाई सावाँ र व्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएका छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार ११:३८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।