काठमाडाैं । चैतमा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठेको छ । यो चालु आर्थिक वर्षका बाँकी सबै महिनाभन्दा बढी रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । चैतमा राजस्वसँगै घरजग्गाको कारोबार र कित्ताकाट पनि धेरै भएको विभागले जनाएको छ ।
याे चालु आर्थिक वर्षको चैतमा देशभर ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गा कारोबार भएको छ । यसअघि गत वर्ष चैतमा ५० हजार २५२ संख्यामा घरजग्गा कारोबार भएको थियो ।
फागुनमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारलाई ४ अर्ब १२ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो ।




















प्रतिक्रिया