Logo

अर्थ

प्रभु बैंकका ग्राहकलाई गोरखा गार्डन होटलमा १५ प्रतिशत छुट ‍‍



काठमाडाैं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रालिबीच व्यवसायिक साझेदारीको लागि वैशाख २ गते एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

वैशाख २ गते एक समारोहका बीच गोरखा गार्डन होटल प्रालिका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १३:३३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।