काठमाडाैं । मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज)विरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित महिला सेलले उनीविरूद्ध यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गरिरहेको हो । परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले दुर्व्यवहारको विषय आएकाले वास्तविकतामाथि अनुसन्धान भइरहेको बताए ।
‘अनुसन्धान भइरहेको छ । अनुसन्धानको विषय भएकाले थप बोल्ने अवस्था अहिले छैन,’ उनले भने ।
उनीविरूद्ध पक्राउ पुर्जी जारी भए/नभएको बारे जानकारी नभएको पनि उनले बताए ।




















प्रतिक्रिया