Logo

अर्थ

ब्ल्याक प्लस डेकरद्धारा नयाँ वर्षमा उपभोक्ता योजना घोषणा



काठमाडौं । ब्ल्याक प्लस डेकर, संयुक्त राज्य अमेरिकाको नम्बर १ ब्रान्ड, जसले ११५ वर्षको गौरवशाली इतिहास बोकेको छ । नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ ।

यस योजनाअन्तर्गत ब्ल्याक प्लस डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन् ।

साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि क्युआर कोड स्क्यान गरेर दर्ता गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याकडेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो ।

ब्ल्याकडेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका छन्, उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो बनेका छन् ।

यस योजना सिजि इलेक्ट्राेनिक्सद्वारा प्रस्तुत गरिएको हो, जो नेपालमा ब्ल्याकंडेकर स्मार्ट घरेलु उपकरणहरूको एकमात्र वितरक हो ।

 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १२:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।