Logo

पत्रपत्रिका

सम्पूर्ण दोष राजावादी माथि थोपर्ने प्रयास : छानविन गर्न पन्छिदै सरकार



काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनको घटनालाई लिएर दुई साता बिती सक्दा सरकारले छानविन गरेर घटनाको वास्तविकता बाहिर ल्याउन पन्छिरहेछ ।

जबकी तीनकुनेमा भएको राजावादी प्रदर्शनका बीच प्रहरीले झण्डै ८ सय अश्रुग्याँस, सय राउण्ड भन्दा बढी गोली चलाएको सार्वजनिक गरेको छ ।

राजावादी नेताहरूले भाषण गर्ने तयारी गरेको मञ्चमा राष्ट्रिय गान बज्न सुरु गर्ना साथ अश्रुग्याँस हान्न सुरु भएको भिडियो फुटेजहरू बाहिरीएका छन् ।

घटनामा दुई जनाको मृत्यु बीस जना घाइते भएका छन् । राजावादीहरूको प्रदर्शनमा भएको घटनालाई लिएर नयाँ-नयाँ तथ्यहरू बाहिरीदै गर्दा सरकार घटनाको सत्य-तथ्य बाहिर ल्याउन हच्किनुलाई शंकास्पद मानिदैछ ।

घटनामा संलग्न भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर र पार्टी उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरेर राज्य विरुद्ध कोहको मुद्दा लगाइँदै छ ।

आन्दोलन कमाण्डर बनेका दुर्गा प्रसाई घटनाको दुई साता पछि पक्राउ परेर अनुसन्धानका निम्ति १२ दिनको थुनामा परेका छन् ।

गृहमन्त्री रमेश लेखकले राजावादीहरूले त्यस दिन विमान स्थल, संसद भवन र सिहदरबार कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

बिना हात हतियारका प्रदर्शनकारीहरूले सेनाको सुरक्षामा रहेको विमान स्थल, संसद भवन र सिहदरवार कसरी कब्जा गर्ने अवस्था थियो बुद्धिजीवीहरूले भन्न थालेका छन् ।

राजावादीहरूको प्रदर्शन हुन् भन्दा दुई दिन पहिले प्रधानमन्त्री एवम् एमाले पार्टी अध्यक्ष केपी ओलीले युवा संघका कार्यकर्तालाई प्रतिगमन विरुद्ध भिड्न दिएको आदेश तीनकुने घटनासंग जोडिएको भनिदैछ ।

प्रदर्शनलाई हिंसात्मक हनबाट रोक्न भन्दै झण्डै आठ सय अश्रुग्याँस र सय भन्दा बढी गोली चलाउने अवस्थामा पुगेको सुरक्षा निकाय जडीबुडी उद्योगमा आगो लगाउँदा, भाटभटेनी लुट्दा किन सुरक्षा दिएन, तीनकुनेको एक घर दनदनी बल्दा किन चासो दिएन भन्ने शंका पनि उठेको छ ।

युवराज घिमिरेले चैत्र १५  को घटना बारे निष्पक्ष छानविनका लागि जवसम्म प्रम ओली तयार हुँदैनन् त्यो बेलासम्म ओली प्रति जनताको अविश्वास र नियत प्रति आशंका बढ्दै जाने छ ।

ओलीले संसदबाटै छानविन नगरी पूर्व राजालाई हिंसाका लागि दोषी ठहर गरी कारवाही गर्ने धम्की दिएर आफ्नो दोष लुकाउन उत्ताउलो र अन्यायपूर्ण राज्यको चरित्र प्रस्तुत गरेका छन् एउटा टिप्पणीमा उल्लेख गरेका छन् ।

बैंककमा भारतीय प्रधानमन्त्री मोदीसँग आधा घण्टा बढी गोप्य वार्ता गरेर काठमाडौं फर्के पछि प्रधानमन्त्री केपी ओली तीनकुने घटनाको निष्पक्ष छानविन गराउन त्यति गम्भीर नदेखिएको गुनासो चुलिएको एक सुरक्षाबिद्ले न्युज अभियानसंगको कुराकानीमा भने।

जबकी कांग्रेसबाट गृहमन्त्री बनाईएका रमेश लेखक शुरुबाटै आफ्नो कुरामा अडिक देखिन्छन् ।

यो अवस्थामा तीनकुने घटनालाई लिएर आम नागरिकमा पनि सरकार प्रति थप अविश्वास बढ्दै गएको छ ।

बुद्धिजीवीहरु मात्र नभएर संसदीय समितिबाटै सरकारलाई तीनकुने घटना प्रति निष्पक्ष छानविन हुनुपर्ने भनिरहेछ ।

जसको कारण फेरि प्रहरीले यति धेरै अश्रुग्याँस र गोली एउटै जनप्रदर्शनमा बर्साउन नपरोस् बुद्धिजीवी भन्छन्, खबर चर्चामा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ०७:१८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।