Logo

अर्थ

शिक्षक आन्दोलनले सार्वजनिक यातायात अवरुद्ध, यातायात महासंघले गरायो गृहमन्त्रीको ध्यानाकर्षण 



काठमाडौं । सार्वजनिक यातायात केन्द्रिय महासंघले नेपाल शिक्षक महासंघको आन्दोलनको कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै ध्यानाकर्षण गराएको छ । महासंघले विज्ञप्तिमार्फत आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।

महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गत चैत २० देखिकाे आन्दोलनका कारण सवारी साधन चल्न नसक्दा यातायात व्यवसायीहरू बैंकको किस्ता, कर र बीमा तिर्न असहज भएको उल्लेख गरेको छ । साथै, कर्मचारी तथा मजदुरको तलब–खर्च व्यवस्थापनमा समेत गम्भीर समस्या आएको भन्दै महासंघले आन्दोलनका बीचमा सडक अवरुद्ध नहुने व्यवस्था मिलाउन माग गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १६:००   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।