काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हाे ।
उक्त एफपीओ ५ हजार १२९ जनाले पाएका छन् । तीमध्ये २ जनाले ११ कित्ताका दरले पाएका छन्, एक जनाले १०.५० कित्ता र बाँकीले १० कित्ताका दरले पाएका छन् ।
कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । १९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको थियो । १९ लाख १५ हजार ८१० जनाको हात रित्तो भएको छ । कुल स्वीकृत आवेदकमध्ये ९९. ७ प्रतिशतको हात्त रित्तो भएको हो ।
यसको नतिजा सीडीएससीको वेबसाइटमा हेर्न सकिनेछ ।




















प्रतिक्रिया