Logo

अर्थ

सानिमा बैंकको नाफा १ अर्ब ६५ करोड, ईपीएस कति ?



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो अवधिसम्म बैंकको नाफा १४.८० प्रतिशतले बढेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ४३ करोड ९४ लाख खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, सञ्चालन नाफा भने ९.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ६ करोड रुपैयाँ थियो । गत वर्ष १ अर्ब ५९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ४० करोड रुपैयाँमा आएको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा 0.६९ प्रतिशतबाट बढेर १.६० प्रतिशत पुगेको छ ।

चैत्र मसान्तसम्म चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १२:०२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।