काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ६ हजार ९७२ कित्ता सेयर बिक्रीमा राखेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख ९ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।




















प्रतिक्रिया