Logo

अर्थ

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गदैछन् ।

स्वरोजगार लघुवित्तले गत आवका लागि १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ । कम्पनीले लाभांशको प्रस्ताव पारित वैशाख २९ गते सोमबारका दिन काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११.३० बजे सभा आयोजना गर्दैछ ।

यस्तै स्वाभिमानले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.२३६२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी वैशाख १९ गते रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने ८औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १२:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।