काठमाडौं । कांग्रेस नेता शशांक कोइरालाले महारागन्जस्थित निवासमा चियापान कार्यक्रम गरेका छन् । पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले आज चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
चियापानमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्ण सिटौला, प्रकाशशरण महत, पुष्पा भुसाल लगायत पुगेका छन् । यसलाई महाधिवेशनका लागि कोइरालाको शक्ति प्रदर्शनको रूपमा अर्थ्याइएको छ ।




















प्रतिक्रिया