काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८ को विन्दुमा कायम भएको छ ।
आज ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ८७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५७ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया