काठमाडौं । नेपाली कांग्रेसले पार्टी सहमहामन्त्रीका छोरा संलग्न रहेको भन्ने कुरा भ्रमपूर्ण रहेको भन्दै त्यसको खण्डन गरेको छ ।
कांग्रेसले राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुने घटनाका क्रममा भएको भाटभटेनी लुटपाटमा सहमहामन्त्रीका छोरा पनि संलग्नता रहेको भन्ने अभिव्यक्ति दिएको बताउँदै त्यसको खण्डन गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,’भाटभटेनी तोडफोड र लुटपाटमा एक जना सहमहामन्त्रीका छोरा पक्राउ परेको र गृहमन्त्रीको आदेशले उनललाई छाएको भनी दिएको लिङदेनको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नागरिकलाई लगाइएको दोषको घोर भत्सना गर्दछौं।’





















प्रतिक्रिया