Logo

राजनीति

उपचारका लागि छुटेका धवल शम्शेर राजावादी आन्दोलनमा सहभागी



काठमाडौं । स्वास्थ्य उपचारका लागि हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवल शम्शेर राणा राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनमा सहभागी भएका छन् ।

राप्रपा नेपालले सोमबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन तथा सभामा राणा सहभागी भएका हुन् । उक्त प्रदर्शनमा राजसंस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्रको घोषणालगायतका माग राखिएको थियो।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित आन्दोलनमा सहभागी भएका राणालाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनमा हिंसात्मक गतिविधि देखिएपछि उनीसहित अन्य नेताहरू पक्राउ परेका थिए ।

राणा यही वैशाख ७ गते स्वास्थ्य उपचारका लागि अदालतको आदेशमा हाजिरी जमानीमा छुटेका थिए । तर, उनीसँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने हालसम्म पनि थुनामा छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १५:०८   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।