Logo

अर्थ

सेयर बजारमा १५ अंककाे गिरावट, ७ अर्ब ५७ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१ को विन्दुमा कायम भएको छ ।

आज ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानकिर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १५:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।