Logo

अर्थ

मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै



विराटनगर । मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग खुल्ने भएको छ । मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतकाे एलेक्जा लाइफ साइन्सेस प्रालिले अन्तराष्ट्रिय स्तरको गुणस्तरीय औषधि उद्योग खोल्न लागेको हो ।

यो उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन पानी बजार पठाउने छ ।

पूर्ण रूपमा सञ्चालनमा आउँदा एक अर्ब लागत अनुमान गरिएको उद्योगले मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन गर्ने क्षमता रहेको अध्यक्ष समेत रहेका ठाकुरले बताए ।

राज्यको कमजोर स्वदेशी उत्पादन प्रोत्साहन औषधि नीति र लगभग सबै कम्पनीले एकै खालको औषधि उत्पादन गर्ने भएका कारण २० देखि २५ कम्पनी ठिकठाक चलेको र अन्य कम्पनीको अवस्था सन्तोषजनक नरहेको एलेक्साका निर्देशक रञ्जित भगतले बताए ।

स्वर्णकारले राज्यले विद्युत् आपूर्ति नियमित गर्न नसकेको, उद्योग स्थापना गर्दा उद्योगमा प्रयोग हुने विभिन्न खाले सामग्रीमा अनुदानको साटो चर्को भन्सार शुल्क असुल हुने गरेको, औषधि उद्योग प्यानमा कारोबार गर्ने प्रावधान रहेको तर सम्पूर्ण सामग्री खरिद गर्दा मूल्य अभिवृद्धि कर तिर्नुपर्दा लागतमा थप भार पर्ने गरेको बताए ।

उनका अनुसार नेपालमा एकै खालको औषधि १० भन्दा बढी स्वदेशी कम्पनीले उत्पादन गरे पनि थप २० भन्दा बढी विदेशी कम्पनीको खुला आयात गर्ने अनुमति दिइँदा स्वदेशी उद्योगले उत्पादन बजारीकरण गर्न सकेका छैनन् । सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण पनि औषधि कम्पनीले समयमा भुक्तानी नपाएर समस्यामा रहेको उनले बताए ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १६:०४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।