काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।
साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ । आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो ।
कार्यक्रम स्थगनको कारण खुलाइएको छैन ।




















प्रतिक्रिया