Logo

अर्थ

सान्भी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । सान्भी इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत बराबरको ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ दरको यो सेयर इलाम जिल्लाको इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालिका–१, माई गाउँपालिका–३ र ४, सूर्योदय नगरपालिका–१० तथा १ नम्बर वडाका स्थायी बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। वैदेशिक रोजगारीमा रहेर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १२:१६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।