Logo

अर्थ

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशत बढ्यो



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा १० प्रतिशत बढेको हाे ।  गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३३ करोड १५ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी पहिले ३ अर्ब ११ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६० करोड छ ।

कम्पनीले २५ प्रतिशत बोनस सेयर जारी गरेर चुक्ता पूँजी ५ अर्ब पुर्‍याएपछि प्रतिसेयर आम्दानी घटेको हो । वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ रहेकोमा अहिले ९ रुपैयाँ ७७ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार १५:२२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।