Logo

अर्थ

हिमालयन लाइफ इन्स्योरेन्सकाे नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म



काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि जीवन बीमा योजनामा बीमितहरुलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न बीमा योजनाअनुसार बीमालेखको अवधि र प्रकारका आधारमा फरक-फरक बोनस दर तोकेको छ । यस पटक अधिकतम बोनसदर प्रतिवर्ष प्रति हजार बीमांक रकममा ८६ रुपैयाँ सम्म तोकिएको छ ।

कम्पनीकाे सार्वजनिक विवरणअनुसार अग्रिम भुक्तानी सावधिक बीमालेखमा २५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ८६ रुपैयाँ बोनसदर सर्वाधिक हो । त्यसपछिका उच्च दरहरूमा पीजेएस योजनामा २५ वर्षमाथि ७५ रुपैयाँ, सावधिक जीवन बीमालेखमा २५ वर्षमाथि ७६ रुपैयाँ, र ३० वर्ष जीवन रक्षक बीमालेख अन्तर्गत ७० रुपैयाँ बोनसदर समावेश छन्।

कम्पनीले सावधिक बीमालेख ९ वर्षे अवधिका लागि २६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ६३ रुपैयाँ बोनस दर कायम गरेको छ।

यस्तै सावधिक तथा आजीवन बीमालेख (पीजेएस)अन्तर्गत ९ वर्षे अवधिका लागि ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ बोनस दर निर्धारण गरेको छ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि कुनै पनि दर तोकेको छैन, १० देखि १४ वर्ष अवधिका लागि ५६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७१ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ८६ रुपैयाँ बोनस दर कायम गरेको । जीवन उपहार(अग्रिम भुक्तानी) बीमालेख अन्तर्गत १६ वर्षे अवधि सम्मका लागि ४८ र जीवन उपहार(सावधिक) बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ३१ रुपैयाँ बोनसदर तोकिएको छ ।

सावधिक जीवन बीमालेख अन्तर्गत(११,१४,१६,१७,१८,१९,२० र २१)९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४९ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७६ रुपैयाँ बोनस दर कायम भएको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत(१३) ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७३ रुपैयाँ बोनस दर कायम गरेको छ ।

यस्तै अग्रिम भुक्तानी सावधिक(१०,१२ र १५) बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ निर्धारण गरिएको छ । वार्षिक नगद फिर्ता बीमालेख अन्तर्गत(२३ र २४) कम्पनीले १४ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३८ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४१ रुपैयाँ कायम गरेको छ । सुरक्षित भविष्य जीवन बीमा(२८) अन्तर्गत १४ वर्षे अवधिका लागि १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २३ रुपैयाँ, २० देखि २४ वर्षका लागि २९ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी कम्पनीले ३० वर्ष जीवन रक्षक बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र वा सो भन्दा माथिका लागि ७० रुपैयाँ निर्धारण गरिएको छ ।

सावधिक तथा बालबच्चा सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ निर्धारण गरिएको छ । सीमित भुक्तानी जीवन बीमा योजना(एकल) अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३२ रुपैयाँ, २० र २४ वर्षका लागि ३५ रुपैयाँ र२५ र सो भन्दा माथिका लागि ४५ रुपैयाँ कायम गरिएको छ ।

सीमित भुक्तानी(सावधिक) जीवन बीमा योजना अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३२ रुपैयाँ, २० र २४ वर्षका लागि ३५ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ४५ रुपैयाँ कायम गरिएको छ । सीमित भुक्तानी सावधिक जीवन बीमा योजना(नियमित)अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ निर्धारण भएको छ ।

सावधिक तथा आजीवन बीमालेख योजना ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७४ रुपैयाँ कायम भएको छ ।

सीमित भुक्तानी सावधिक तथा आजीवन बीमालेख अन्तर्गत सबै अवधिका लागि ५० रुपैयाँ कायम गरिएको छ । वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ९ वर्षे अवधिका लागि २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३३ रुपैयाँ निर्धारण भएको छ ।

अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३० रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ४१ रुपैयाँ तोकिएको छ ।

जीवन आधार जीवन बीमा योजना अन्तर्गत सबै अवधिका लागि ५० रुपैयाँ निर्धारण भएको छ । यस्तै जीवन सम्पन्न बीमा योजना अन्तर्गत सबै अवधिका लागि ५३ रुपैयाँ,जीवन उत्थान बीमा योजना अन्तर्गत सबै अवधिक लागि ४० रुपैयाँ र जीवन आवरण बीमा योजना अन्तर्गत सबै अवधिका लागि ४३ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै बालबच्चा सावधिक जीवन बीमा योजना अन्तर्गत ९ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ तोकिएको छ । कम्पनीले हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बीमा योजनाअन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ र २० देखि २७ वर्षका लागि ४० रुपैया बोनस दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार १०:५६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।