काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् ।
काठमाडौं थापाथली (केई शोरुम-हुन्डाई शोरुमको विपरीत दिशा) मा २६ देखि २८ वैशाखसम्म यो कार्निभल हुनेछ ।
केई एक्स्चेन्ज कार्निभल २०८२ मा केईका ईभीमा आकर्षक अफर दिइनेछ । कार्निभलमा पुराना गाडीसँग ई-क्युट ०२, ई-क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडेल विशेष अफरसाथ एक्स्चेन्ज गर्न सकिनेछ ।
यस्तै थप बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलमा एक्स्चेन्ज बोनस पनि प्राप्त गर्न सकिने छ । प्रत्येक बुकिङ साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई-क्युट सवारी साधनसँग बोस जेट कार वासर, एक्स ३ प्रो सवारीसाधनका साथ बोस वासिङ मेसिन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया