Logo

अर्थ

कालिका लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्तको खुद नाफा बढेको छ । त्यस्तै यस अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

यसअवधिमा खुद नाफा १११.६७ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लख ३१ हजार रुपैयाँमा पुगेको छ ।

सञ्चालन आम्दानी १११.४३ प्रतिशतले बढेर ९ करोड ७० लाख ३७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७४ पैसाले बढेर २२ रुपैयाँ २४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १२:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।