काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएकाे छ । नेप्से परिसूचक १.०३ अंकले बढेर २६११ को विन्दुमा कायम भएको छ ।
आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ७४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया