Logo

अर्थ

नेपाल एसबिआई बैंकद्वारा चेपाङ समुदायलाई खाद्य सामाग्री वितरण



काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको छ ।

बैंकका बागमति प्रदेश प्रमुख, सुशिल राज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमकाबीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले विपन्न तथा पिछडिएका वर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १६:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।