Logo

अर्थ

सूर्योदय वोमी लघुवित्तको नाफामा वृद्धि



काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले ७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २४३.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा संस्थाले २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानीमा पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २८.२९ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्ममा संस्थाले ४८ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।

यस्तै अघिल्लो आवमा १० करोड ४ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ९ करोड ९९ लाखमा सीमित बनेको छ । संस्थाको खराब कर्जा अनुपात ६.२० प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ४६ लाख रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.४८ रुपैयाँ, प्रतिसयर नेटवर्थ १४०.१६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ११७.९५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७५.९७ गुणा र तरलता अनुपात ४.४२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १३:१०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।