काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ३१ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्ने बैंकले जनाएकाे छ ।




















प्रतिक्रिया